News Category 2077/11/04

विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न

दैनिक समाचारदाता

विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    राजविराज वडा नं. ४ स्थित आधारभुत विद्यालय केन्द्र नं. ६ मा मंगलबार बिहान १० बजेसम्म पनि सरस्वती पूजा गर्ने छाटकाट नदेखेपछि उक्त विद्यालयका विद्यार्थी र अभिभावकले नाराबाजी गर्दै बिरोधमा उत्रेपछि सरस्वती पुजा गरिएको छ । 
    सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालयका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा गर्ने तयारी गरेका थिए । 
    विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो. अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर प्रअ यादवले पूजाको ब्यवस्था मिलाएका थिए । 
    स्थानिय अभिभावक बसन्त साहले विद्यार्थीको आस्थाप्रति खेलवाड गर्ने प्रअ यादवमाथी कारवाहीको माँग गरेका छन् भने वडा अध्यक्ष अख्तर बाबाले विद्यार्थीको आस्थासँग जोडिएको विषयमा लापरवाही गर्ने प्रअ यादवमाथी कारवाहीका लागि नगरपालिका र मातहातका शिक्षा शाखामा पत्राचार गरिने बताएका छन् । 
    यता कोरोनाको संक्रमणका कारण यसपल्ट पूजा नगर्ने प्रअ यादवको भनाई थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट