News Category 2077/11/06

लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान

दैनिक समाचारदाता

लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान

दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
    सप्तरी प्रहरीले लागु औषधसहित पक्राउ गरेको दुई जनालाई बुधबार जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १० बाट गत पुस ८ र १२ गते लागुऔषधसहित पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी सन्तोष यादव र राजिव कुमार मण्डललाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो । 
    उनीहरुको साथबाट नाइट्राभेट, स्पास्मो प्रोक्सिन, नाइट्रोसन, डाइलेकस डिसी, डाइजेफाम, लिजेसिस इन्जेक्सनलगायत लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट