News Category 2077/11/06

संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो

दैनिक समाचारदाता

संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो

दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
    जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध अन्य दलहरुसँग संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने बारेमा प्रयास भइरहेको जानकारी दिएका छन् । 
    कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रममा सहभागि हुन बुधबार राजविराज आएका नेता महतोले सो जानकारी दिएका हुन् । 
    उनले संविधान संशोधन र प्रतिनिधिसभाको पुर्नस्थापनाको विषयका साथ साथै रेशम चौधरी लगायत अन्य राजनीतिक बन्दीहरुको रिहाईको विषय पनि संयुक्त आन्दोलनका क्रममा साझा मुद्दाको रुपमा बनाइने बताए । 
    जनताद्वारा निर्वाचित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमनका साथै संबैधानिक “कु” गरेको आरोप लगाउँदै मुलुकको राजनैतिक संकट निकासका लागि प्रधानमन्त्रीको कदम सच्याउनु आवश्यक रहेको उनको भनाई छ । 
    नेता महतोले बुधबारै राजविराजमा संचालनमा ल्याइएको एक डेन्टल क्लिनिक प्रालिको उद्घाटन गर्नुका साथै हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर पुगेर तीन दिनअघि निधन भएका जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य सुरेन्द्र झाका परिवारजनलाई भेटेर सम्वेदना व्यक्त गरेका थिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट