News Category 2077/11/07

मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु

दैनिक समाचारदाता

मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    सप्तरीको बोदेबरसाईन नगरपालिकास्थित भित्रि सडकखण्डमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
    बोदेबरसाईन नगरपालिका ७ हैठीस्थित भित्र सडकखण्डमा बरसाईनबाट देउरीतर्फ जादै गरेको स.११प. ४६४३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक खड्क नगरपालिका ९ लालपट्टी निवासी ३१ वर्षिय मो. लियाकतको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा परि गम्भिर घाइते भएका लियाकतको स्थानिय जिवन दिप अस्पताल बोदेबरसाइनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    ईलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट खटेको प्रहरी टोलिले स.११प. ४६४३ नं.को मोटरसाइकल नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट