News Category 2077/11/13

विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 

दैनिक समाचारदाता

विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    बढ्दै गएको लागु औषध सेवनकर्ता र साइबर अपराधलाई न्युनिकरण गर्न सचेतनाका साथै सप्तरी प्रहरीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा प्रशिक्षण समेत दिइरहेको छ । 
    जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिहीबार राजविराजस्थित पाराडाइज क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध बारे सचेतना जगाउन प्रशिक्षण दिएको हो । 
    विद्यार्थीलाई लागु औषध सेवनले पुर्‍याउने शारिरीक, मानसिक र सामाजिक क्षति तथा साइबर अपराध के हो भन्ने समेत थाहा नहुने गरेकाले यस्ता बिकृती र अपराध रोक्न प्रहरीले विद्यालय र क्याम्पसबाटै सचेतना फैलाउन अभियान थालेको जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले क्याम्पस प्राङ्गणमा पुगेर विद्यार्थीलाई लागु औषध सेवनले गर्ने हानी तथा साइबर अपराधले निम्त्याउने घटना बारे बिस्तृत जानकारी र प्रशिक्षण दिएका छन् । 
    निर्दोषका लागि धर्मराज र दोषिका लागि यमराज जस्तै आफूहरु भएको बताउँदै उनले सुरक्षित समाज निर्माणको हाम्रो अभियान सफल बनाउन विद्यार्थी, अभिभावक र समाजका सबै वर्ग समुदायलाई सहयोग गर्न आग्रह समेत गरे ।
    प्रहरी उपरिक्षक राजेन्द्र धमलाले लागु औषधको सेवन र साइबर अपराधका घटना बृद्धी भइरहेका बेला विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई त्यसबाट बचाउन र अपराध न्यूनिकरण गर्न यस्तो अभियान चलाइएको र जिल्लाका हरेक शिक्षण संस्थामा उक्त कार्यक्रम पुर्‍याउने योजना रहेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट