News Category 2077/11/16

कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न

दैनिक समाचारदाता

कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न

    राजविराज/कोशी पीडित समाजको आयोजनामा स्वच्छताका लागि व्यवहार परिवर्तन अन्तरगत कोभिड रेस्पोन्स तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ । 
    अक्सफाम नेपालको आर्थिक सहयोग तथा नेपाल सरकार, यूके एड, एचबिसीसी र युनिलिभरको समन्वयमा सो नाटक सप्तरीको तिरहुत गाउँपालिकास्थित गोइठी, कंचनरुप नगरपालिकाको बदगामा र बरमझियामा सो सडक नाटक प्रदर्शन गरिएको छ ।
    कोभिडबाट बच्नका लागि पूर्ण सरसफाई अन्तरगत विभिन्न प्रकोपबाट नियमित साबुन पानीले हात धुने, घरपरिवारको व्यवहार परिवर्तन गर्ने र लैगिङ्क विभेद न्युनिकरणका लागि नाटकमा अभिनयद्वारा प्रदर्शन गरिएको छ । 
    आउने दिनमा हरेक प्रकारका रोगबाट बच्नका लागि सरसफाई नै उत्तम विकल्प रहेको भन्ने विषयलाई नाटकमा मञ्चन गरिएको कोशी पीडित समाजका निर्देशक देवनारायण यादवले जानकारी दिए । 
    स्थानिय कलाकार एवं रेडियोकर्मी जिवछ दासको संयोजनमा प्रदर्शन गरिएको सो सडक नाटकमा डिपि शास्त्री, सुभाष विरपुरिया, दिलकान्त चौधरी, दशमी यादव, अस्मिता देव, देवकरण दास, श्रीराम ठाकुर र हरेराम दास लगायतका कलारहरुले अभिनय गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट