News Category 2071/02/30

यातयात व्यवस्था कार्यालय पुर्नस्थापना नभए सडक अबरुद्ध गर्ने चेतावनी

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २९ जेठ । 
सगरमाथा यातायात संघ सप्तरीले आगमी बजेटमा राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापनाको गर्ने बिषय नसमेटिए  सडक अबरुद्ध गर्ने चेतावनी दिएको छ । 
राजविराजमा पत्रकार सम्मेलन गरी राजविराजबाट सिरहाको लहान सारिएको सगरमाथा यातायात व्यवस्था कार्यालय राजविराजमा पुर्नस्थापना गर्न माग गरेको हो । 
पत्रकार सम्मेलनमा सगरमाथा यातायात संघका अध्यक्ष नुरुलहोदा अन्सारीले राजविराजमा रहेको यातायात व्यवस्था कार्यालयलाई गत २०४१ सालमै सारिएर लहान लगिएपनि अहिलेसम्म राजविराजमा अर्काे व्यवस्था नमिलाउँदा यातायात व्यवसायीहरु समस्या परेको बताउनुभयो । 
सगरमाथा अञ्चलकै सदरमुकाम राजविराज रहेपनि अन्यायपुर्वक सरकारले यहाँबाट यातायात व्यवस्था कार्यालय लहान सारिएको तीन दशक बितिसक्दाँ समेत अर्काे कुनै व्यवस्था नमिलाउँदा यातायात व्यवसायहरुलाई समस्या हुँदै आएको अन्सारीले बताउनुभयो ।
राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्नुपर्ने माग सहित प्रधानमन्त्री, यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको बताउँदै सगरमाथा यातायात संघ सप्तरीका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद अर्यालले प्रधानमन्त्री, यातायात मन्त्री र अर्थमन्त्री लगायतले सकारात्मक आश्वास दिएको बताउनुभयो । 
अर्थमन्त्रीबाट यसबर्षको बजेटमा आफुहरुको माग समेटिने प्रतिबद्धता जनाएको जनाउँदै उहाँले सरकारले यसबर्षको बजेटमा सो कुरालाई नसमेटिए सडक अबरुद्ध गर्ने चेतावनी समेत दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट