News Category 2078/01/03

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 

दैनिक समाचारदाता

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
    कर्तब्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ बस्ने सोनेलाल मण्डल छन् । 
    घरमा लुकिबसेको अवस्थामा उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मोति मण्डलको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मण्डल भएको कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०५२ साल जेठ ३० गते २ वर्ष कैद सजायको फैसला गरेको थियो । 
    घटना भएकै मितिदेखी उनी फरार भएका थिए । मण्डललाई शुक्रबारै अदालतमा उपस्थित गराइएको र आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट