News Category 2071/03/10

बढुवा नभएको भन्दै आन्दोलन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ असार । 
स्थानिय निकाय कर्मचारी संघ संघर्ष समिति जिविस सप्तरीले योग्यता पुगेर पनि बढुवा नभएको भन्दै सुरु गरेको आन्दोलनलाई सोमबारदेखी निरन्तरता दिएको छ । 
संघर्ष समितिका संयोजक खुर्सेद इक्रामद्वारा जारि विज्ञप्तिमा संघर्ष समितिले आइतबारदेखी कलम बन्द गरि सुरु गरेको आन्दोलनको निर्णय बमोजिम २४ घण्टे अल्टिमेटम पश्चात् पनि स्थानिय विकास अधिकारीले कुनै वास्ता नगरेको हुँदा बाध्य भई सोमबारदेखी सांकेतिक आन्दोलनमा उत्रनु परेको उल्लेख छ ।  
सोही विज्ञप्तिमा आन्दोलनका कारण सर्वसाधारणमा पर्ने असुविधा प्रति संघर्ष समितिले क्षमा माग्दै उठाएको जायज माग सांकेतिक आन्दोलनबाट पुरा नभए आन्दोलनका थप कार्यक्रमलाई अघि बढाउने जनाइएको छ । 
बढुवाका लागि योग्यता पुगेपनि आफूहरूको भविष्यलाई अन्योलमा पारेको भन्दै जिविस सप्तरीका कर्मचारीले सङ्घर्ष समितिको गठन गरी आन्दोलन सुरु गरेको हो ।
जिविस सप्तरीका ४२ कर्मचारीमध्ये २६ जनाको बढुवाका लागि योग्यता पुगिसक्दासमेत बढुवाका लागि सरकारले कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनमा जानुपरेको संयोजक इक्रामको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट