News Category 2078/01/29

हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो

दैनिक समाचारदाता

हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 
    अठार दिनदेखि हराइरहेकी एक भारतीय महिलाको खोजी गरि प्रहरीले उद्धार गरेको छ । 
    सप्तरीको बोदेबर्साईन नगरपालिकाको सहयोगमा स्थानिय प्रहरीको पहलमा हराएकी ती महिलालाई उद्धार गरि पहरीले परिवारको जिम्मा लगाएको छ ।
    बोदेबर्साईन नगरपालिका वडा नं.५ शत्रुध्न चौकमा अलपत्र अवस्थामा फेला परेकी भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्रामपंचयात वडा नं. ११ घर भएकी ४२ वर्षीय संगितादेवी मेहतालाई प्रहरी र स्थानियले उद्धार गरेको स्थानिय पत्रकार उमेश कुमार साहले जानकारी दिएका छन् । 
    उद्धार गरिएको संगितादेवी मेहतालाई उनका छोरा अमित कुमार मेहताको जिम्मा लगाइएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट सुभरनपट्टीका सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले बताए । 
    बोदेबर्साईन नगरपालिकाको पहलमा संगितालाई बोदेबर्साईन नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सबाट बोदेबर्साईन नगरपालिका वडा नं. ९ स्थित सुभरनपट्टिबोडरमा उनका  छोरा अमित कुमारलाई सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्ट, नेपाल प्रहरीका हवल्दार कमल दुलाल, पत्रकार उमेश कुमार साह, स्थानीय सुरेन्द्र कुमार भगत लगायतको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट