News Category 2071/03/10

बोरिया “पूर्ण खोप गाविस” घोषित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ असार । 
सप्तरीको बोरिया “पूर्ण खोप गाविस” सोमबार घोषित भएको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बराल र क्षेत्र नं. ३ का सभासद् उमेश यादवले सो बोरियामा आयोजित “पूर्ण खोप गाविस” घोषणा कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 
सो कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धजीवी, समाजसेवी, संचारकर्मीलगायतको उपस्थितिमा पूर्ण खोप गाविस घोषणा गरिएको हो । 
कोशीदेखी नारायणी नदीसम्मको तराई मधेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीगरि आठ जिल्लामा पहिलो पटक बोरिया गाविस पूर्ण खोप गाविस घोषणा भएको छ । यसअघि यी जिल्लाका कुनै पनि गाविस पूर्ण खोपयुक्त गाविस घोषणा हुन सकेका थिएनन् ।
बोरिया गाविसका पूर्ण खोप आयोजक समिति संयोजक तेजकान्त झाले बोरिया गाविसमा १२–१३ महिनाका बालबालिकामा सर्वेक्षण गरि १ वर्ष भित्रका लक्षित २ सय २३ बालबालिकालाई बि.सी.जी., डिप्टी–हेप, बी–हीव, पोलियो र दादुरा रुवेला खोपहरु दिइसकिएको जानकारी दिनुभयो । 
उहाँले गाविसमा जनचेतना मूलक कार्यक्रम ल्याउँदै लक्षित बालबालिकाहरुलाई शतप्रतिशत खोप दिलाउन मद्दत पु¥याउने गाविसको उपस्वास्थ्य चौकी तथा वडाका आमा समूह एवं स्वयम सेविकाहरु प्रति आभार व्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट