News Category 2071/03/21

जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० असार ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिसि क्यामरा जडन गरिएको छ । 
प्रशासन कार्यालयको नागरिकता फाँटमा दुई वटा, प्रतिलिपी फाँट, राहदानी फाँट, कम्प्युटर फाँट लगायतका विभिन्न फाँटमा गरी दश वटा सिसि क्यामरा जडन गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।
कार्यालयमा सिसि क्यामरा जडान गरेपछि जिल्ला प्रशासन कार्यालय भ्रष्टाचार मुक्त बन्ने विश्वास प्रजिअ बरालको रहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार अर्थात घुस लिने प्रवृति दिन प्रतिदिन बढ्दै गएको जनगुनासो आएपछि त्यसलाई मध्य नजर गरी सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले भ्रष्टाचार मुक्त बनाउँनका लागि कार्यालयमा दश वटा सिसि क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालयलाई पूर्ण भ्रष्टाचार मुक्त बनाउँनका लागि सिसि क्यामरा जडान गरेर मात्र नभई कार्यालयका कार्यरत करिब एक दर्जन भन्दा बढी दलालहरुलाई कार्यालय प्रवेशमा रोक लगाउँनुपर्ने तथा कार्यालयको विभिन्न फाँटमा नियमित रुपमा अनुगमन समेत हुनुपर्ने स्थानीय सेवाग्राहीहरुको माग रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट