News Category 2070/03/14

कन्ट्रयाक्ट किलर र रकम दिने पिता जेल चलान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असार ।
‘कन्ट्रयाक्ट किलर’ मार्फत छोरीको हत्या गराउने सप्तरीको बथनाहा गाविसका पिता र हत्या गर्ने व्यक्तिलाई कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशमा आफ्नै छोरीको रकम दिएर हत्या गराउने बथनाहा गाविस ७ का ५० बर्षीय चन्दर राउत र हत्या गर्ने कोइलाडी बर्साइन ३ का ४५ बर्षीय मोहन साहलाई कारागार चलान गरिएको छ ।
न्यायाधीश किरण प्रसाद शिबाकोटीको इजलाशले थुनामा राखी पुर्पक्ष गर्ने भनी दिएको आदेश बमोजिम राउत र साहलाई राजविराज कारागार चलान गरिएको छ ।
राउतले गाउँका अन्र्तजातिय युवकसँग भागेर विवाह गरेको भन्दै स्थानीय बजरंगी निमाविको कक्षा ८ मा अध्ययनरत छोरी रुबी राउतको हत्या गराएका थिए । राउतले मोहन साहलाई रु १० हजार दिएर हत्या गर्न लगाएको थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट