News Category 2071/03/17

किशोरीलाई सामूहिक बलात्कार गर्ने बिरुद्ध पक्राउ पुर्जी जारी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ असार ।
सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सो¥ह वर्षीया एक किशोरीलाई सामुहिक बलात्कार गरेका लौनिया गाविस–६ का २१ वर्षीय राधेश्याम खंग, २२ वर्षीय मनोज खंग मण्डल, २० वर्षीय अर्जुन खंग मण्डलसहितका आरोपितविरुद्ध वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । 
पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध गत जेठ १० गते मौखिक र जेठ १३ गते लिखित उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध गत जेठ १४ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
आरोपितमाथि गत जेठ ९ गते राति घरमा सुतिरहेकी पीडितलाई मुख थुनी नियन्त्रणमा लिएर ३०० मिटर पश्चिम–दक्षिण नहरको छेउ खाँडो खोलापारि पु¥याएर सामूहिक बलात्कार गरेको आरोप छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट