News Category 2071/03/32

मठमन्दिरमा सोलार लाइट जडन हु“दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ असार । 
राजविराज नगरपालिका भित्र रहेका सम्पूर्ण मठमन्दिरमा सोलार लाइट लगाउने कार्य धमाधम भइरहेको छ । 
राजविराज नगरपालिका १ स्थित श्री चण्डी दुर्गा भगवती मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, राजविराज ९ स्थित राजदेवी मन्दिर, चित्रगुप्त मन्दिर र राजविराज ७ स्थित बागेश्वरी मन्दिरमा मंगलबार सोलार लाईट जडन गरिएको छ ।  
विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा राजविराज नगरको सार्वजनिक स्थलदेखी मठमन्दिरमा पनि सोलार लाइट जडन गरिदै छ । 
मन्दिरमा साँझ बत्तिको समस्याले श्रद्धालुहरुलाई पुजा गर्न कुनै समस्या नहोस् भन्ने दृष्टिकोणले सोलार लाईट जडन गरिएको विपी विचार समाजका अध्यक्ष रामकुमार यादवले बताउनुभयो । 
सोलार लाइट जडन भएपछि भगवती मन्दिरका पुजारी दुर्गानन्द मिश्रले खुशी व्यक्त गर्दै अब उपरान्त भक्तजनहरुले साँझको समयमा पनि निर्धक्क क स्भई उज्यालोमा पुजा गर्न सक्ने बताउनुभयो । 
मन्दिरहरुमा ६ वटा चिम भएको तथा नगरको सार्वजनिक स्थलमा एउटा चिम भएको सोलार लाईट जडन गरिएको छ । 
यसअघि पहिलो चरणमा नगरको २१ सार्वजनिक स्थानमा सोलार लाइट जडन गरिसकेको समाजका अध्यक्ष यादवले जानकारी दिदै दोश्रो चरणमा अहिले मठमन्दिरमा सोलार लगाइने कार्य भइरहेको बताउनुभयो ।
यस्तै अध्यक्ष यादवले विपी विचार समाजको पहलमा उर्जा प्रवद्र्धन केन्द्रले ६० वटा सोलार लाईट राजविराज नगरपालिकालाई दिने सम्झौता भएको जानकारी दिनुभयो । 
आउँदो दिनमा जिल्ला भरिका मठमन्दिरहरुमा सोलार लाईट जडन गर्ने तथा निकट भविष्यमा विपी समाजले उर्जा सम्बन्धि विभिन्न कार्य गर्ने योजना समेत रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो । 
नगर क्षेत्रमा सोलार लाइट जडन गर्नका लागि लाग्ने खर्चमा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ६० प्रतिशत, राजविराज नगरपालिका तथा जिविस सप्तरीले २०÷२० प्रतिशत दिने सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट