News Category 2071/03/31

दुर्घटनामा दुईको मृत्यु

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३० असार । 
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर ८ खरचुहियाँमा आइतबार राती भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 
सडकछेउमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
सडकछेउमा रोकिरहेको ना २ ख ९००४ नम्बरको ट्रकमा खरचुहियाँबाट कल्याणपुरतर्फ आउँदै गरेको स २ प ६८२८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक सप्तरीको कल्याणपुर ८ निवासी ३० वर्षीय धनिलाल चौधरी र मोटरसाइकलमा पछाडि सवार कल्याणपुर २ निवासी २६ वर्षीय राम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लगिएकोमा राती करिब १ बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट