News Category 2071/03/30

भारतीय सोलारकै भरमा झुटकीबासीहरु रात बिताउदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ असार । 
विद्युतको मुख हेर्न नपाएका सप्तरीको झुटकी गाविसका स्थानीयबासीहरु सौर्य उर्जा अथार्त सोलारकै भरमा रात बिताउँदै छन् । 
प्रत्येक नागरिकलाई गाँस, बाँस र कपास अनिवार्य चाहिए तापनि अतिविकट मानिने सप्तरीको झुटकी गाविसका बासिन्दाहरु सो सेवाबाट अझै वञ्चित रहेका छन् ।
त्यहाँका स्थानीयबासीहरुले अहिले सम्म विद्युतको मुख हेर्न पाएका छैनन् । विद्युतको पहुँचबाट टाढा रहेका झुटकीबासीहरुले छिमेकी मुलुक भारतीय बजारबाट सोलार खरीद गरि बिजुली बालेर रात बिताउदै छन् उनीहरु ।
बिद्युतको मुर्ख हेर्न नपाएका स्थानीयबासीहरुले नजिकै छिमेकी भारतको लौकहीबाट घरेलु सौर्य टुकी प्रणाली अर्थात सोलार खरिद गरी राती उज्यालो गर्ने गरेको स्थानीय सिताराम यादवको भनाई छ ।
यसअघि बर्षाँैदेखि आफुहरु अन्ध्यारौमा रात बिताउँदै आएको भन्नुहुँदै यादवले पछि गाविसबाट घरेलु सौर्य टुकी प्रणाली खरिद गरी स्थानीयबासीहरुलाई वितरण गरेपछि अहिले राती उज्यालोमा रात बिताउने गर्छाैं भन्नुभयो ।
सरकारी उदासिनता तथा नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण अझै विद्युतको मुख हेर्न नपाएका झुटकीका स्थानीयबासीहरु यसतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान पु¥याउन आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट