News Category 2071/03/27

सात महिने बालिकालाई आमाको जिम्मा लगाईयो

दैनिक समाचारदाता

दैनिक सम्वाददाता
राजविराज २६ असार ।
सप्तरीको ठेलिया गाविस ७ गोरपारकी सात महिनाकी किर्ती कुमारी खंगलाई सप्तरी जिल्ला अदालतले सो बालिकालाई उनको आमाको जिम्मा लगाउँने आदेश दिएको छ ।
बालिकाकी आमा १६ वर्षिेया मनीता कुमारी खंगले आफना पति देव नारायण खंग सहित ससुरा लक्ष्मण खंग,सासु सरस्वति देवी खंग र जेठाजु सुरजा खंगले दुधेबालिका खोसी घरबाट निकाला गरेको भन्दै पिडितले जिल्ला अदालतमा घरेलु हिन्साको मुदा दर्ता गरेकी थिईन ।
सो मुदा जिल्ला अदालत ४ न.का न्यायधिश बद्री प्रसाद ओलीको एकल ईजलाशले सो दुधेबालिकालाई आमाको जिम्मा लगाउँने आदेश दिएको हो ।
आरोपितका पति देव नारायणले नागरिकता र विवाह दर्ता बनाई नदिएपछि बालिका छोरीको जन्मदर्ता बनाउँन असार ७ गते गाविस कार्यालय जादाँ आरोपितहरुले छोरी खोसी घरबाट निकाला गरेको भन्दै पिडितले उजुरी दिएकी थिईन ।
पिडित मनीतालाई उनका आफनै पति देवनारायण ,सासु ,ससुरा र जठाजु मिलेर पटक पटक कुटपिट गरी घरबाट निकाला गरेको भन्दै पिडितले हुपेक मार्फत जिल्ला अदालतमा घरेलु हिन्साको मुदा दर्ता गरेकी थिईन ।
मनीता र देव नारायण बिच सामाजिक परम्परा अनुसार गत्त २०६९ साल बैशाख १८ गते विवाह भएको थियो । पिडितको सात महिनाकी छोरी आरोपितहरुसँग छ भने घरबाट निकालिएपछि असार ७ गतेदेखि पिडित मनीता सप्तरीकै लोहजारा गाविस ८ स्थित माईतीमा बस्दै आएकी थिईन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट