News Category 2071/04/14

शिविरमा ५ सय ३६ जनाको जन्म दर्ता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ साउन । 
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा संचालित जन्मदर्ता अभियान शिविरमा हालसम्म चार गाविसमा ५ सय ३६ जनाको जन्म दर्ता भएको छ । 
सप्तरीको अर्नाहा गाविसमा ८१ जनाको जन्म दर्ता र १५ जनाको विवाह दर्ता, पत्थरगाडामा ७५ जनाको जन्मदर्ता, गम्हरिया प्रवाहामा ६५ जनाको जन्मदर्ता र बेल्ही चपेनामा ३ सय जनाको जन्म दर्ता भएको एससिडिसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गर्न लागिएको अध्यक्ष  चौधरीले बताउनुभयो ।
सो शिविर जिल्लाको पाँच गाविस मध्ये चार गाविसमा सम्पन्न भइसकेको र बाँकी रहको ब्रह्मपुर गाविसमा १४ र १५ गते हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट