News Category 2071/04/13

पविउमाविमा सरकारी अनुदानबाट भवन निर्माण हु“दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ साउन ।
सप्तरी जिल्लाको पुरानो सामुदायिक विद्यालय मध्ये एक राजविराजस्थित पविउमाविमा अहिले सरकारले दिएको अनुदान रकमबाट भवन निर्माण कार्य धमाधम हुँदैछ । 
वि.स. २००३ सालमा संचालन भएको उक्त विद्यालयलाई सरकारले पछिल्लो पटक विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार तथा शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम अनुदान दिएको थियो । 
विद्यालयको भौतिक संरचना जिर्ण हुँदै गएको बेला अहिले विद्यालयले सरकारले दिएको रकम र विद्यालय आफ्नै लगानीमा कक्षा कोठाहरु निर्माण गर्दैछ । 
२००७ साल अघि संचालनमा आएका विद्यालयहरुलाई सरकारले दिएको उक्त रकमबाट अहिले पविउमाविमा ४ कोठा भएको दुई तल्ले भवनको निर्माण कार्य भइरहेको विद्यालयका प्राचार्य अरुण झाले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, “सरकारले चार वर्ष अघि नै दिएको भवन निर्माणका लागि १९ लाख ५० हजार र शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम विद्यालय र तत्कालिन व्यवस्थापन समितिको विवादका कारण त्यसबेला काम सुरु हुन नसकेकोले अहिले उक्त कार्य सुरु गरिएको हो ।” 
भवन निर्माणका लागि भवन निर्माण समितिको गठन गरि काम सुरु गरिएको र त्यसमा विद्यालयको तर्फबाट इटा, काठ र श्रमदान समेतको सहयोग रहेको उहाँले जानकारी दिनुभयो । 
प्राचार्य झाले जिल्लाकै पुरानो विद्यालयमा सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउँनुहुँदै विद्यालयमा गुणस्तरिय शिक्षाका लागि आफू प्रतिबद्ध रहेको र यसलाई सुधारोन्मूख गरिँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  
विद्यालयमा भवन निर्माणका लागि रामअवतार यादवको संयोजकत्वमा १० सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा दशरथ गुप्ता, प्रयाग यादव, रामचन्द्र यादव, हरिनारायण यादव, पाण्डु रजक, करुणा झा, रामनारायण यादव, शिक्षक तर्फबाट शंकर यादव र सदस्य सचिवमा प्राचार्य अरुण झा रहनु भएको छ ।  
भवन निर्माण समितिका संयोजक रामअवतार यादवले जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक उपेन्द्र यादवको नेतृत्वमा भवन निर्माण कार्यको अनुगमन समेत भइरहेको जानकारी दिनुभयो । 
एक समयमा जिल्लाकै उत्कृष्ठ पढाई हुने यस विद्यालयमा हाल बाल विकास केन्द्र, १ देखी कक्षा १०, थप प्राविधिक र दृष्टिबिहीन कक्षाका विद्यार्थीहरु गरि करिब १ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट