News Category 2071/04/15

छोराको हत्या गर्ने बुबा पक्राउ

दैनिक समाचारदाता

दैनिक सम्वादाता
राजविराज,१४ साउन ।
सप्तरीको कोचावखारी गाविस–९ कुपही टोलका ६ वर्षीय नावालक गोविन्द खंग खत्वेको हत्या गरी फरार रहेका उनका बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
छोराको हत्या गरी फरार उनका बुबा ३५ वर्षीय श्रवण खंग खत्वेलाई सप्तरीको बिसहरिया गाविस –२ स्थित सिग्यौन दमावतीबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
आरोपितले गत बिहीबार आफनै छोराको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । हत्यामा प्रयोग भएको बन्चरोसहित बालकको शव जिल्लाकै बरही वीरपुर गाविस –१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । हत्या गरेर उनका बुबा श्रवण फरार भएका थिए । 
यसैबिच मृतकका मामाली हजुरबुबा दिघवा गाविस –७ का सीताराम खंग खत्वेको उजुरीका आधारमा आरोपितविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट