News Category 2071/04/17

बोक्सीको आरोपमा पुनः एक महिला कुटिइन्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ साउन । 
कथित बोक्सीको आरोपमा सप्तरीको रायपुर गाविसमा पुनः एक महिलालाई कुटपिट गरिएको छ । 
रायपुर गाविस ६ का अभिनन्दन यादवकी ३५ वर्षिया श्रीमति पवित्रा देवी यादवलाई उनका आप्mनै छिमेकीहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन ।
उनका आप्mनै छिमेकीहरु सुकदेव यादव, उनका छोरा शिबनाथ यादव, रामदत यादव, भागवत यादव, जगदिश यादव लगायतकाहरुले बिहिबार राती बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितका श्रीमान अभिनन्दन यादवले आरोप लगाउनुभएको छ ।
घरमा कोही नभएको बेला घरमा प्रवेश गरी तिमी बोक्सीको हो भनि निर्घात कुटपिट गरेको उहाँका श्रीमान्ले जानकारी दिनुभयो । 
कुटपिटबाट गम्भिर घाईते पवित्राको तत्काल ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज राम नारायण यादवले उपचारको लागि युनिक अस्पतालमा भर्ना गरेपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको तथा त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारको लागि धरान पाठइएको पीडितका परिवारजनले बताएका छन ।
यसैबीच अहिलेको २१ औ शाताब्दीमा पनि बोक्सीको अथित आरोपमा महिलामाथि गरिएको कुटपिट घटनाको अन्तरपार्टी महिला संजालकी अध्यक्ष पुनम यादवले भत्सर्ना गर्दै दोषीमाथि कानुनी कार्बाहीको माँग गर्नुभएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट