News Category 2071/04/30

कोसी नदीमा पुनः पानीको बहावमा वृद्धि, ४६ वटा ढोका खुल्ला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ साउन ।
पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ । 
बिहीबार साँझ ७ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हँुदै प्रतिसेकेन्ड ३ लाख २० हजार ३ सय २२ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिनुभयो । 
गत शनिबार साँझ ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख ५ हजार ६ सय ३० क्युसेक पानीको बहाव रहेको थियो ।
कोसी ब्यारेजमा विगत तीन वर्षकै सबै भन्दा पानीको वहाव बिहिबार रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 
सन २०१० मा ३ लाख ४० हजार क्युसेक पानीको वहाव रहेको थियो ।
पानीको बहाव बढेपछि ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलिएको छ भने ५६ वटा ढोकामध्ये अहिले ४५ वटा ढोका खोलिएको छ । पानीको वहाव बढेपछि पुर्व पश्चिम राजमार्गको कोसी ब्यारेजमा बिहिबार साँझ सवारी साधन आवगमनमा समेत रोक लगाएको स्थानीयबासीहरुले बताएका छन । 
यसैबिच सप्तकोशीमा पानीको बहावमा वृद्धि भएपछि सप्तरी र सुनसरीका विभिन्न गाविसका स्थानीयबासीहरु त्रसित बनेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट