News Category 2071/05/01

चन्द्रनहर मर्मत सम्भारको पर्खाईमा

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज÷मुलुककै सबैभन्दा पूरानो सप्तरीको चन्द्रनहर यतिखेर अतिक्रमणको साथै मर्मत सम्भारको अभावका कारण उपेक्षाको सिकार भएको छ ।  
तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले वि.सं. १९८० मा निर्माण कार्य शुरु गरेको यस नहरले जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमीनमा सिंचाई सुविधा उपलब्ध गराउँदै आएका थिए । 
विगत पाँच वर्ष भन्दा बढी समयदेखि नहरमा बालुवा थुप्रिने गरेको कारणले यसअघिको कूल सिंचित क्षेत्र मध्येको आधा भागमा मात्र हाल सिंचाई सुविधा हुने गरेको स्थानीय किसानहरुको भनाई छ । त्रियुगा नदीको पानीसँगै भित्रिएको बालुवा सप्तरीको फत्तेपुरको हेडबाँधबाट दुई किलोमीटर दक्षिण पुग्नासाथ ठाउँ–ठाउँमा थुप्रिएका कारण पानीको मात्रा घटाइएको स्थानीय दिनक सिंह राईको भनाई रहेको छ । 
उहाँले सो चन्द्र नहरले सप्तरीको २९ गाविसमा सिचाई हुने क्षमता भएपनि जिल्लाको फत्तेपुर, घोघनपुर, कमलपुर, ओद्राहा, कञ्चनपुर, डिमन, प्रसवनी लगायतका क्षेत्रमा ठाउँ–ठाउँ वर्षौंदेखि बालुवा थुप्रिनुका साथै झारपात उम्रिएका कारण पानीको बहावमा अवरोध हुने गरेको बताउनुभयो । 
नहरका ठाउँ–ठाउँमा डिल भत्किएको, मुसाले प्वाल पारेर क्षति पु¥याए पनि मरम्मत सम्भार नगरिएको कारणले जीर्ण हुँदै गएको राईको भनाई छ ।
जिल्लाको २९ गाविसमा सिचाईको व्यवस्था गर्नका लागि साृ चन्द्र नहर निमार्ण गरेपनि त्यस भेगका किसानहरुले पानीको सुबिधाबाट बन्चित रहेको स्थानीय कृषकहरुको गुनासो रहेको छ ।
नहर छ, तर पानी छैन यस्तो समस्या आफुहरुलाई रहेको छ, स्थानीय एक किसान भन्छन सिचाईको लागि चन्द्र नहर बनाएपनि आफुहरुको खेतमा पानी जादैन, जसका कारण हामीहरु सिचाईको अभावमा समयमा धान रोपाई गर्न नसकेको गुनासो गरे । 
सो सम्बन्धमा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं समाजसेवी शेखर कुमार सिंहले राणा प्रधानमन्त्री चन्द्र शम्शेरले वि.सं. १९८० मा निर्माण गरिएको चन्द्र नहरको अवस्था अहिले जिर्ण बनेकोमा चिन्ता ब्यक्त गर्नुहुदै उहाँले मुलुकमै सबै भन्दा पुरानो रहेको चन्द्र नहरले यसअघि जिल्लाको फत्तेपुर देखि कोईलाडी सम्मका २९ गाविसमा राम्ररी सिचाईको अवस्था पुगिरहेको थियो, तर हाल आएर उक्त चन्द्र नहरको जिर्ण अवस्था बनेपनि त्यस तर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान जान नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । 
चन्द्रनहरको कमाण्ड एरिया १० हजार ५ सय सिचिंत क्षेत्रफल मध्ये हाल ७ हजार हेक्टर क्षेत्रफलमा पानी गईरहेको कोशी पम्प, चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन नम्वर २ का निमित्त प्रमुख सत्रुधन प्रसाद साहको भनाई रहेको छ । 
उहाँका अनुसार जिल्लाभरी सिंचाईका लागि १४ सय क्यूसेक पानी छोडनुपर्ने भए तापनि बालुवा थुप्रिएका कारण हाल ७ हजार क्यूसेक भन्दा बढी पानी छोडनासाथ नहर भत्किएर बस्तीमा पानी पस्ने गरेकोे छ ।
चन्द्र नहरको जिर्ण अवस्थाले पानी निकासी हुन नसकेको, खडेरीका कारण त्रियुगा नदीमा पानी घटने गरेका कारण पानी निकासी हुन नसकेको बताउँदै प्रमुख साहले अगाडी भन्नुभयो चन्द्र नहर अतिक्रमणको सिकारमा परेकाले मुसाले प्वाल गरेपछि भत्किने खतरा रहेकाले क्षमता भन्दा बढी पानी छोडन नसकिने अवस्था रहेको बताउँनुभयो । 
चन्द्र नहर मर्मत सम्भारका लागि बर्षेणी २५ देखि ३० लाख रकम आएपनि भौतिक पुर्वाधारको अभावमा चन्द्र नहरको जिर्ण अवस्थालाई त्यसबाटै सबै काम गर्नु पर्ने भएकाले मरम्मत सम्भारमा अपुग भएको बताउँनुभयो । उहाँले नदी नियन्त्रणको बजेट यसअघि चन्द्र नहरमा आईरहेको थियो, तर जल उपभोग्य प्रकोप जुन दिन देखि खुलेको छ त्यस दिनदेखि बजेट आउँनमा रोक लगाएकाले पनि नहरको मर्मत सम्भार गर्न नसकेको बताउँनुभयो ।
गतवर्ष मात्र दुई ठाउँ नहर भत्केर क्षति पु¥याएको जानकारी दिँदै उहाँले भरपर्दो मरम्मत सम्भारका अभावमा चाहेर पनि किसानको खेतसम्म पूरा पानी दिन नसकेको बाध्यता रहेको बताउँनुभयो ।
हाल चन्द्र नहरको भौतिक पुर्वाधार संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । नहरको हेड वर्क विग्रनुका साथै बर्षौदेखि सिल्ट इडेक्टर, सिआर गेट, एचआर गेट, ब्रिज र क्यानाल सेफनहरु समेत जिर्ण अवस्थामा पुगेको प्रमुख साहको कथन छ । 
उहाँले अन्य जिल्लाको तुलनामा अत्यन्त न्यून बजेट आउने गरेका कारण मर्मत सम्भारको काम प्रभावित हुन पुगेको छ । कूल २९ गाविसमा सिंचाई पु¥याउने लक्ष्य रहेको भए पनि नहरको अवस्था ठिक नरहेका कारण आधाजसो गाविस सिंचाई सुविधाबाट बञ्चितै रहेका छन् । 
डिभिजन निमित्त प्रमुख साहले नहरको कूल पाँच हेक्टर जग्गा अतिक्रमण भएको बताउँदै अतिक्रमण हटाउन पटक–पटक प्रयास भए पनि समस्या यथावत रहेको जानकारी दिनुभयो ।
नहरको सरसफाई अभावसँगै अतिक्रमणको समेत समस्या रहेको छ । नहर छेउमा मानव वस्ती बढ्दै गएको, पानी बग्ने ठाउँकै छेउँमा खर, पराल थुपार्नुका साथै नहरमै पसाएर पशु चौपायालाई पानी खुवाउने गरिएको शौचालयको ढल समेत नहरमै जोडिएको स्थानीयबासीहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट