News Category 2071/05/02

बस दुर्घटनामा तीन जना गम्भिर घाईते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ भदौं । 
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा ३ मा बस दुर्घटना हुदाँ तीन जना गम्भिर घाईते भएका छन । 
काकडभिट्टाबाट हेटौडा तर्फ जादै गरेको मे.१ ख १३०७ नम्बरको बस मारुती भ्यानलाई बचाउँने क्रममा अचानक दुर्घटना हुदाँ दुई जना पैदल यात्री सहित तीन जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 
दुर्घटनामा गम्भिर घाईते दुई जनाको तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको तथा समान्य घाईतेको स्थानीय प्राथमिक केन्द्रमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट