News Category 2071/05/12

मधेशी महिलाहरुले सामुहिक रुपमा दर खाएर तीज मनाउ“दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ भदौ ।
मधेशी महिलाहरुले राजविराजमा बुधबार सामुहिक रुपमा दर खाएर तीज महोत्सवको आयोजना गरेको छ । 
सौन्दर्य ब्युटी पार्लरकी संचालक चन्दा दासको नेतृत्वमा राजविराजमा मधेशी महिलाहरुले सामुहिक रुपमा दर खाएर तीज महोत्सवको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । 
महिलाहरु एक ठाउँका भेला भई सामुहिक रुपमा दर खाई नाचगान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी तीज मनाइएको पार्लरकी संचालक दासले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि मिरा गुप्ताले सामाजिक र धार्मिक एकताको लागि पहिलो पटक यसरी हिन्दु महिलाहरु एक ठाउँमा भेला भई सामुहिक रुपमा दर खाएर तीज महोत्सव मनाएको बताईन ।
नवविवाहित महिलाहरुले श्रीमान र बालबच्चाको लामो आयुको कामना तथा अविवाहित महिलाहरुले राम्रो पति पाउँने धार्मिक जनविश्वासका साथ वर्षमा एक पटक तीज पर्व गर्ने गरेको कार्यक्रमका सअभागि अर्का महिला सुनिता जोन्छेको भनाई छ । 
तीज पर्वमा महिलाहरुले दिनभरी उपवास बस्ने तथा विभिन्न नाचगानको आयोजना गरी तीज पर्व मनाउँने गरिन्छ । तीजको अवसरमा व्रतालु महिलाहरुले शिब भगवानको पुजा गर्नेगर्छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट