News Category 2071/05/25

विद्युत व्यापार सम्झौता राष्ट्रिय हित विपरीत ः दश बाम

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ भदांैं । 
नेपाल सरकारले भारतसँग विद्युत व्यापार सम्बन्धमा गर्ने लागेको सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै १० बाम घटकले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ । 
१० बाम पार्टीका तर्फबाट गएका प्रतिनिधहरुले मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई सो ज्ञापन बुझाएको नेकपा–माओवादीका सप्तरीका युवा कमिटिका इन्जार्च अरुण कुमार यादवले जानकारी दिनुभयो । 
बुझाएको ज्ञापनमा सचिवस्तरिय बैठकबाट भारतसँग गरिएको पिटिए र पिडिए सम्झौता खारेज गर्न माग गर्दै  वर्तमान संक्रमणकालिन अवस्थामा सर्वपक्षिय राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नगर्न ध्यानाकर्षण गराइएको उल्लेख छ । 
सोही ज्ञापनमा जलश्रोत र उर्जा विकासको सन्दर्भमा राष्ट्रिय नीति तय, वर्तमान विद्युत लोडसेडिङ्गो समस्या, विद्युतको आन्तरिक माग र सबै नेपालीहरुले उपभोग गर्न पाउनेगरि विद्युत बिस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर माथिल्लो कर्णाली, अरुण तेश्रो, माथिल्लो मस्र्याङदी दोश्रो र तामाकोशी तेश्रो लगायतका निर्यातमूखी परियोजनाहरुलाई आन्तरिक आपूर्तीमुखी परियोजनाहरुमा परिवर्तन गर्न माग गरिएको छ । 
यस्तै माथिल्लो कर्णाली लगायतका जलविद्युत परियोजनाहरु राज्यद्वारा निर्माण, परियोजना निर्माणमा नीजि क्षेत्रलाई सहभागि गराउनु पर्दा चिलिमे वा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्न माग गरिएको छ । 
साथै परियोजनाहरुमा विदेशी लगानीको निम्ति विदेशी कम्पनीहरुसँग सम्झौता गर्दा परियोजनाहरुलाई आन्तिरिक आपूर्तीमूखी बनाउनुका साथै जलश्रोतमाथी स्थानिय जनताको अग्राधिकारको मान्यताअनुसार शेयरको व्यवस्था गरि स्थानिय जनताको स्वामित्व सुनिश्चित गर्न माग गरिएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट