News Category 2071/05/25

मोबाइल चोर्नेलाई ५० हजार जरिवाना र १ महिना कैद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ भदांैं । 
सप्तरी जिल्ला अदालतले मोबाइल चोरी गरेको अभियोगमा एक जनालाई ५० हजार जरिवाना र एक महिना कैदको फैसला सुनाएको छ । 
मोबाइल चोरीको अभियोगमा सप्तरीको महदेवा गाविस १ निवासी सिसा लगाउने काम गर्ने २२ वर्षिय मोहन यादवलाई अदालतले सोमबार सो फैसला सुनाएको हो । 
राजविराज ४ निवासी ईद मोहम्मद अलिको पसलको ¥याकबाट गत साउन ३१ गते यादवले नोकिया कम्पिनीको लुनिया ५२० मोडलको मोबाईल चोरी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट