News Category 2071/05/29

शसस्त्र प्रहरीद्वारा संचारकर्मीप्रति अभद्र व्यवहार

दैनिक समाचारदाता

राजविराज÷शसस्त्र प्रहरीले दुई संचारकर्मीमाथी शनिबार क्यामरा खोसी अभद्र व्यवहार गरेको छ । 
नेपाल पत्रकार महासंघका सदस्य एवं ग्रीन मधेश दैनिकका समाचारदाता गंगाप्रसाद साह र राजबिराज टुडेका भारदह समाचारदाता आनन्दमोहन शर्मालाई शसस्त्र प्रहरीले शनिबार दुब्र्यवहार गरि शर्माको क्यामेरा खोसेको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ । 
महासंघका सचिव ओमप्रकाश साहद्वारा शनिबार जारि विज्ञप्तिमा पुनराबेदन अदालत राजबिराजको आदेशले अदालतका कर्मचारी समेतको उपस्थितीमा  पोर्ताहा गाविस २ स्थित महाबिर राम र हिरालालको घर टहरा भत्काएको समाचार संकलनका क्रममा फोटो खिच्न खोज्दा शसस्त्र प्रहरी भारदह बेशबाट गएको टोलीले पत्रकारद्धयलाई दुब्यबहार गरी क्यामेरा खोसेको जनाइएको छ । 
शसस्त्र प्रहरीबाट भएको उक्त घटना अत्यन्त निन्दनीय भएकोले  खेद ब्यक्त गदै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सचेत गराउर्दै प्रेस स्वतन्त्रता बिरुद्ध हुने यस्ता घटनाका बिरुद्ध महासंघ कडा आन्दोलनमा जान सक्ने जानकारी समेत दिइएको छ । 
यसैगरि नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष रामनारायण विश्वसाले एक विज्ञप्ति जारि गर्दै सशस्त्र प्रहरीको सो कार्यप्रति घोर भत्र्सना गरिएको छ । विज्ञप्तिमा सशस्त्रले पत्रकारको क्यामेरा खोस्नु जनतालाई सूचना पाउनबाट बञ्चित गराउनु मनसायबाट प्रेरित भएको ठहर गरिएको छ । 
सशस्त्र प्रहरी जवान दिलकुमार लिम्बुले खोसेको निकोनको एक थान क्यामेरा अविलम्ब युनियनका कार्यसमिति सदस्य आनन्दमोहन शर्मा ‘राजु’ लाई उपलब्ध गराई आईन्दा यस्तो गैरजिम्मेवार कार्य सम्बन्धित पक्षबाट हुन नदिने तर्फ सचेत हुन सम्बन्धित पक्षलाई विज्ञप्ति मार्फत चेतावनी दिइएको छ । 
साथै विज्ञिप्तमा भनिएको छ, “हाम्रो माग यथासिघ्र पूरा नभए हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौं ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट