News Category 2078/09/12
प्रदेशको नाम र राजधानीका लागि दलहरु एकमत हुनु आवश्यक
हाल नेपालको सात प्रदेश मध्ये पाँच प्रदेशको नामाकरण र स्थायी राजधानी समेत तोकिसकेको छ । तर, प्रदेश १ र प्रदेश २ को नामाकरण र स्थायी राजधानीको अझ टुङ्गो लाग्न सकिरहेकोे छैन । यता प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि एक पटक प्रदेशसभाबाट प्रस्ताव विफल भइसकेको अवस्थामा पुनः सोही सभामा दोश्रो पटक प्रस्ताव दर्ता भएको छ । प्रदेश २ संसद्मा अहिले विभिन्न राजनीतिक दलहरुले छुट्टाछुट्टै नाम प्रस्ताव गरेका छन् । ‘मधेस प्रदेश’ को प्रस्तावमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकमत छन् । तर, अर्का सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरेको छ । काँग्रेसका एक सांसद् राजेश्वरप्रसाद साहले भने प्रदेशको नाम ‘मध्य मधेस’ प्रस्ताव गरेका छन् । यता सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेका हुन् ।
प्रदेश २ को प्रदेशसभामा एक सय ४ जना सदस्य छन् । प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, माओवादी केन्द्रका ८ सांसद छन् । प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुईतिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ । तर, जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना नभएकाले दलहरुभित्र प्रदेशको नामाकरणको सवाल फेरि सकसमा परेको छ । यसरी प्रदेश स्थापना भएको चार वर्ष हुन लाग्दा नाम र राजधानी अझै अनिश्चित नै छ । अबको एक केही महिनापछि प्रदेशसभाको समयावधी पुग्ने छ । उक्त अवधीमा पनि दलहरु नाम र राजधानीका लागि एकमत नभए अन्यौलको वातावरणमै प्रदेशसभाको आयु सकिने छ । तसर्थ यसका लागि सम्पूर्ण दलहरु प्रदेशको नामाकरण र राजधानीका लागि एकमत हुनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ