News Category 2071/06/03

नगरपालिकाको उदासिनताले पशुहाट अझै व्यवस्थित भएन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ असोज ।
राजविराज नगरपािलकाको उदासिनताका कारण सप्तरी सदरमुकाम राजविराजस्थित अदालत रोडमा हाटको दिन प्राय सधै सडक जाम हुने समस्या अझै कायमै रहेको छ । 
नेपालीहरुको महान चाड दशै आउँन एक साता मात्र बाँकी रहदा राजविराजस्थित अदालत रोडको मालपोत कार्यालय नजिकदेखि राम मन्दिर सम्मको सडक प्राय सधै हाटको दिन सोमबार र बिहीबार खसी बोकाले सडक जाम गर्ने गरेका छन । 
बडादशै नजिकिदै जादाँ जिल्लाका विभिन्न स्थानबाट आएका खसी बोका ब्यापारी तथा उपभोक्ताहरुले बिच सडकमै खसी बोका खरिद बिक्रि गर्ने गरेका कारण प्राय हाटका दिन राजविराजको अदालत रोडमा यातायात अवरुद्ध हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । 
राजविराज नगरपालिकाको उदासिनताका कारण त्यहाँ प्रत्येक साताको हाटका दिन अर्थात सोमबार र बिहिबार बिच सडकमै खसी बोकाका हाट लगाउँने गरिएको छ । नजिकिदै गरेको दशै तिहारको पुर्व सन्ध्यामा राजविराजस्थित बिच सडकमै खसी बोकोको अव्यवस्थित हाट लगाउँने कारण सदरमुकामको मुख्य सडक नै अवरुद्ध हुदाँ सवारी साधन आवत जावत समेतमा समस्या उत्पन्न हुने गरेको छ ।
वर्षौदेखिको उक्त समस्या समाधानका लागि राजविराज नगरपालिका तथा सम्बन्धित निकाय मौन बसेका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट