News Category 2078/10/24

समाजबाटै हिंसा उन्मुलनका लागि दबाब सृजना गरौं

दैनिक समाचारदाता

    सप्तरीमा महिला हिंसाको एउटा रुप पुनः देखिएको छ । कुनै पनि बहानामा ज्यानै मार्ने कार्य निन्दनीय हो । महिला हिंसा न्युनिकरणका लागि सरोकारवाला निकायले निकै प्रयास गरेको छ र गर्दै पनि छ । तर, त्यसले कुनै मूर्त रुप लिन सकिरहेको देखिन्न् । कुनै पनि हिंसा र त्यसलाई प्रोत्साहन गर्नु सामाजिक तथा कानुनी अपराध हो । तर, मानिसले आवेशमा आएर त्यस्तो घटना गर्न पुग्छन् । 
    सप्तरीको बोदेबरसाइन नगरपालिकामा देवरले आफ्नो भाउजुलाई पेट्रोल छर्केर आगो लगाइदिएपछि भाउजुको मृत्यु भएको छ । पारिवारिक विवादमा देवरले आफ्नो रिस थाम्न नसकेपछि महिला हिंसाको यो रुप देखियो । यस्ता अपराधलाई कसैले माफ गर्न सक्दैन् । ती अपराधीलाई कानुनी कठघरामा उभ्याएर दण्ड दिनुपर्छ । अनिमात्र त्यस्ता अपराधलाई कसैले दोहो¥याउन साहस गर्न सक्दैन् । यसका लागि सामाजिक स्तरबाट पनि दबाब सृजना गर्नु आवश्यक छ भने कानुनले पनि हिंसा न्युनिकरणका लागि अझ कडा रुपमा प्रस्तुत हुनुपर्छ । 
    तसर्थ महिला हिंसा उन्मुलनका लागि सामाजिक तथा कानुनी रुपमा कडा कदम चाल्नु आवश्यक छ । यसको सुरुवात आफ्नै समाजबाट गर्नुपर्ने सबै व्यक्तिको दायित्व हो । अनिमात्र समाजबाट हिंसालाई पूर्णरुपले उन्मुलन गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट