News Category 2071/06/06

दशैको पुर्व सन्ध्यामा छिन्नमस्ता शक्तिपीठको सरसफाई

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ असोज । 
बडा दशैको पुर्व सन्ध्यामा प्रसिद्ध छिन्नमस्ता सख्डेश्वरी शक्तिपिठमा आईतबार सरसफाई गरिएको छ । 
सशस्त्र प्रहरी बल विओपी छिन्नमस्ता, ईलाका प्रहरी कार्यालय सख्डा र बजार व्यवसथापन समितिको संयुक्त पहलमा छिन्नमस्ता शक्तिपीठमा सामुहिक रुपमा सरसफाई गरिएको हो । 
वडा दशै अवधिभरी नेपाल सहित भारतको विभिन्न स्थानबाट हजारौ श्रद्धालु भक्तजनहरु पुजाआजाका लागि आउने भएकाले त्यसलाई मध्य नजर गरी छिन्नमस्ता सखडेश्वरी मन्दिरको पोखरी लगायतका विभिन्न सथानमा सरसफाई गरिएको छ । 
सशस्त्र प्रहरी बल विओपी छिन्नमस्ता गोविन्द्रपुरका प्रहरी निरिक्षक लिली बहादुर चन्द्र, ईलाका प्रहरी कार्यालय सख्डाका ईन्चार्ज गंगाधर मल्ल, मन्दिरका पीठाधिश महाकान्त ठाकुर र बजार व्यवस्थापन समितिका पदाधिकारीहरुको अगुवाईमा मन्दिरको सरसफाई गरिएको हो । 
यसैबिच हिमालयन ह्युम पाईप एण्ड कंक्रिट इण्डिष्टिज प्रालि लहान सिरहाले ५ थान डस्टविन छिन्नमस्ता मन्दिरलाई सहयोग प्रदान गरेको छ । 
प्रालिका संचालक अरुण कुमार प्रधानले मन्दिरमा बढ्दो फोहोर मैलालाई व्यवस्थित पार्नका लागि २५ हजार मुल्य बराबरको डस्टविन एक समारोहबिच मन्दिरलाई प्रदान गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट