News Category 2071/06/11

चाडपर्वको अवसरमा सवारी चेक जाचमा कडाई

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असोज । 
चाडपर्वलाई मध्य नजर गरी सप्तरीमा सवारी साधन चेकजाँचमा कडाई पारिएको छ । 
नेपालीहरुको महान चाड विजयादशमीलाई मध्य नजर गरी सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचमा कडाई पारिएको हो । 
सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा अहिले वडा दशैको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले चेकजाँचमा अत्यन्त कडा पारेको छ । 
चाड पर्वको बेला जिल्लामा अपराधिक क्रियाकलाप हुन नदिनका लागि सवारी साधन चेकजााचमा कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजका प्रमुख विष्णु तिमल्सिनाले जानकारी दिनुभयो । 
उहाँले चाडपर्वमा जिल्लामा हुने अपराधिक क्रियाकलाप हुन नदिनका लागि सदरमुकाम राजविराजको विभिन्न चौक चौकमा सवारी साधन चेकजाँचमा कडा पारिएको जानकारी दिनुभयो ।
सोे अवसरमा चेकजाँचमा ट्राफिक प्रहरीले सक्रियता देखाए पछि दिनहुँ राजस्व असुलीमा समेत बृद्धि भएको प्रमुख तिमल्सिनाले बताउनुभयो । अहिले दिनहुँ ५ देखि १० हजारको हाराहारीमा राजस्व असुली भईरहेको उहाँले बताउनुभयो । 
त्यस्तै खासगरी चाडपर्वको बेला पुर्व पश्चिम राजमार्गमा पनि सवारी साधन चेकजाँचमा अत्यन्त कडा पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट