News Category 2070/03/20
प्रमुख नआएपछि र अनमी सुतेपछि साल झुण्डिएर नवजात शिशुको मृत्यु
दैनिक संवाददाता
राजविराज, १९ असार ।
सप्तरीको बभनगामाकट्टी गाविसको तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखले डियूटि नगरेपछि र भएका एक जना स्वासथ्यकर्मी औषधि खाएर सुतेपछि एक नवजात शिशुको ज्यान गएको छ ।
स्वास्थ्यकर्मीहरुको लापर्वाहीले शिशुको ज्यान गएपछि त्यस ठाउँका महिलाहरु आन्दोलित भएका छन् । महिलाहरुले डियूटि नगर्ने र लापर्वाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही र पीडितलाई क्षतिपूर्तीको माग गर्दै प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार तालाबन्दी गरी दिनभर धर्ना दिएका छन् ।
घट्ना अनुसार बभनगामाकट्टी गाविस ३ बस्ने इन्द सदाकी २५ बर्षीया पत्नी चन्देश्वरी सदालाई प्रसुति व्यथा लागेपछि सुत्केरी गराउन मंगलबार बिहान १० बजे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । केन्द्र प्रमुख गंगा यादव बिगत तीन दिनदेखि अनुपस्थित भएपछि त्यहाँ उपस्थित अनमी अमिता यादवले खाना खुवाएर दिउँसो ल्याउन भनिन् । पछि दिउँसो ३ बजे ल्याएपछि ४ बजे बेडमा राखेर अमिताले उनको देखभाल शुरु गरेकी थिइन् ।
राति १० बजे शिशु जन्मिन शुरु गरेपछि आफैं बिरामी भएकी अमिता औषधि खाएपछि सुतिन् । ‘बच्चा जन्मिन थालिसकेको थियो’ स्थानीय मानती सदाले भनिन्, ‘‘ बच्चाको टाउको निस्किसकेपछि अमितालाई जगाउन धेरै प्रयास गरिएपनि उनी उठिनन् ।’’
आधा घण्टापछि अनमी अमिता व्यूँझेपनि बच्चा मरिसकेको मानतीले बताइन् । अमिताले देख्न जाँदा टाउको निस्किसकेको बच्चाको घाँटीमा साल झुण्डिएकाले ज्यान गएको प्रतिकृया दिइन् । मृत्यु भएको शिशु छोरा थिए ।
चन्देश्वरीको प्रसुति हुनुअघि केन्द्र प्रमुख गंगा यादवलाई बारम्बार फोन गरेपनि उनी नआएको अनमी अमितालाई उदृत गर्दै स्थानीयहरुले बताएका छन् ।
केन्द्रमा स्वास्थ्यकर्मी हुँदाहुँदै प्रसुतिको ज्यान गएपछि त्यहाँका महिलाहरुले प्राथमिक स्वास्थ्य केन्द्रमा ताला लगाउँदै बुधबार दिनभर धर्ना दिएका छन् ।
दिउँसो तीन बजेतिर इलाका प्रहरी कार्यालय हनुमाननगरको टोली त्यहाँ पुगेर बिहीबार बिहान ८ बजे केन्द्र प्रमुख गंगासहित जनस्वास्थ्य अधिकृतलाई ल्याउने बताएपछि महिलाहरुले धर्ना तोडेकी थिइन् । महिला अगुवा मानती सदाले लापर्वाही गर्ने स्वास्थ्यकर्मीहरुलाई कार्वाही र पीडितलाई क्षतिपूर्ती नदिइए कड आन्दोनमा उत्रने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ