News Category 2071/06/15

चाडपर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ ः प्रजिअ यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ असोज । 
वडा दसैंको शुभअवसरमा मंगलबार प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले  सम्पूर्ण जिल्लावासीका शुभकामना व्यक्त गर्नुभएको छ । 
प्रजिअ निवासमा मंगलबार दिउँसो आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रजिअ यादवले चाडपर्वको बेला जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण सुरक्षा निकाय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । 
छिन्नमस्तासम्म जाने बाटो बिग्रेको सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले प्रसिद्ध छिन्नमस्ता शक्तिपीठसम्म जाने बाटोघाटो बुधबारदेखी मर्मत भइसक्ने जानकारी दिनुभयो । श्रद्धालुहरुलाई बाटोका कारण आवत जावत गर्न अत्यन्त कठिनाई भइरहेको जानकारी आफूलाई थाहा भएको भन्दै त्यस सम्बन्धमा सम्बन्धित निकायसँग कुरा गरिसकेको बताउनुभयो । 
त्यस्तै चाडपर्वमा नगरभित्र रहेको बिजुलीका पोलहरुमा बत्ति, सरसफाई सम्बन्धि सबै कुराको व्यवस्था मिलाउन पनि नगरपालिकालाई निर्देशन समेत दिइसकेको बताउनुभयो । 
त्यस्तै छिन्नमस्ता शक्तिपीठमा सप्तमी र कंकालनी मन्दिरमा अष्टमी र नवमीका दिन बढी भिंड हुनेगरेकोले सो दिन श्रद्धालुहरुलाई पुजापाठ गर्न सुरक्षा निकायलाई व्यवस्था मिलाउन समेत निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । 
सोही अवसरमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानसिंह बोहरा, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, कृष्णदल गणका सेनानी बिमल थापा, अनुसन्धान अधिकृत संजय कुमार मण्डल तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट