News Category 2071/06/20

छुट्टाछुट्टै दुर्घटनामा बाबुछोरीसहित तीनको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असोज । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बक्धुवा गाविस ८ महुलीमा शनिबार टाटासुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ । 
मृत्यु हुनेमा सिरहाको धनगढी ३ निवासी २८ वर्षीय प्रमोद ठाकुर र उनकी चार वर्षीया छोरी शुभेच्छा कुमारी ठाकुर रहेको प्रहरी चौकीका सई रामबाबु यादवले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा परी ठाकुरकी २५ वर्षीया श्रीमती सङ्गीता राई गम्भीर घाइते भएको र निजलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प ३३५१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ज १६६७ नंको गाडीले अपराह्न करिब ३ बजेतिर ठक्कर दिएको प्रहरी चौकीका सई यादवले जानकारी दिनुभयो । 
यस्तै सप्तरीकै त्रिकोल गाविसमा पानी तान्ने मोटरमा करेन्ट लागेर त्रिकोल गाविस ५ निवासी महानारायण सुतिहारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट