News Category 2071/06/27

डा. राउतको रिहाईको माग गर्दै बिरोधका कार्यक्रम सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ असोज ।
डा. सिके राउतको रिहाईको माग गर्दै डा. सिके राउत रिहाई एवं जिवन रक्षार्थ संघर्ष समिति सप्तरीले विभिन्न बिरोध सभा कार्यक्रमको घोषणा गरेको छ । 
संघर्ष समितिका संयोजक सुरेन्द्र मधेशीद्वारा आइतबार जारि विज्ञप्तिमा डा. राउतलाई राज्यले पक्राउ गरि विशेष अदालतमा विप्लप मुद्दा दर्ता गरेको प्रति अविलम्ब सो मुद्दा फिर्ता लिन सरकारसँग माग गरिएको छ । 
अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरि सम्पुर्ण मधेशी जनतालाई सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ । 
सोही विज्ञप्तिमा पत्रकार श्यामसुन्दर यादवमाथी प्रहरीले गरेको दुरव्यबहारप्रति घोर भत्र्सना गर्दै प्रहरीको क्रियाकलाप मधेशी बिरोधी भएको ठहर गरिएको छ । विज्ञप्तिमा शनिबार बारा जिल्लाको हरिपुर गाविसमा सडक निर्माणका लागि गरिएको आन्दोलनका क्रममा प्रहरी र स्थानियवासीबीच भएको झडपमा प्रहरीको गोली लागि एक व्यक्तिको मृत्यु भएकोमा घटना अलोकतान्त्रिक भएको ठहर गरिएको छ । 
यस्तै विज्ञप्तिमा असोज २८ गतेदेखी कात्तिक ४ गतेसम्म जिल्लाको विभिन्न गाविसहरुमा डा. राउतको रिहाईका लागि बिरोध सभा गर्ने निर्णय भएको जनाइएको छ । 
सोही अनुसार असोज २८ गते बथनाहा, २९ गते छिन्नमस्ता, ३० गते गोइठी, ३१ गते कल्याणपुर, कात्र्तिक १ गते झौहरा, २ गते बरसाईन, ३ गते हनुमाननगर र ४ गते बेल्ही मलहनियाँ कुनौली भन्सारमा बिरोध सभा गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट