News Category 2079/04/26

सकारात्मक भूमिका आवश्यक

दैनिक समाचारदाता

    बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य शूरु भएपछि सप्तरीवासीको वर्षौदेखीको सपना साकार हुने संकेत देखापरेको छ । डीपीआरका लागी सम्झौता भएपछि अब कार्यले गति लिने आशा पलाएको छ । राजविराज नगरपालिका वडा नं. १० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण कार्य सुरु भएको हो । जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्याँकन, भुमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै सकाएको सम्पन्न भएपछि डीपीआरको काम समेत अघि बढेको सकारात्मक पक्ष हो । 
    प्रतिष्ठानको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न करिब १२ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको छ । निर्माण कार्य सम्पन्नपछि जिल्लाको विकासले गति लिने छ । वर्षौदेखी विकासको पर्खाईमा रहेको यस जिल्लामा प्रतिष्ठान स्थापना पछि विकासले फड्को मार्ने निश्चित छ । यद्दपी प्रतिष्ठानको ऐन निर्माणमा ढिलाई हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अब निर्माण कार्यले गती लिनेमा दुईमत नहोला । 
    यसबाहेक यस्ता कार्यप्रति जिल्लावासीले सकारात्मक पहल गर्न आवश्यक छ । तसर्थ यस्ता विकासीय कार्यप्रति स्थानियका साथै सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवि, संचारकर्मी, सरोकारवाला निकाय लगायतको सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । अनिमात्र विकासीय कार्यले गति लिनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट