News Category 2071/06/28

अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनुपर्नेमा जोड

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज,२७ असोज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादवले जिल्लामा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँनुपर्नेमा जोड दिनुभएको छ । 
शहरी विकास तथा भवन निमार्ण विभाग र डिभिजन कार्यालय सप्तरीको आयोजनामा विश्व बसोबास दिवस र अन्र्तराष्ट्रिय विपद न्युनिकरण दिवसको अवसरमा राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ यादवले सो कुरामा जोड दिनुभएको हो । 
उहाँले विपद न्युनिकरण गर्नका लागि सम्पुर्ण सर्वसाधारणहरुमा जनचेतना फैलाउँनुपर्ने बताउँनुभयो ।
उहाँले ज्येष्ठ नागरिकलाई राज्यबाट पाउँने सेवा, सुबिधामा देखिएको कमि कमजोरीलाई सुधार गर्नका लागि नियमित रुपमा अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख दानसिंह बोहरा, नेपाली सेनाका कर्नेल भुवनेश्वर आचार्य, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट