News Category 2071/07/06

सप्तरीको देउरीमा प्रहरी र तस्करबिच भिडन्त, तीन प्रहरी घाईते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ कात्तिक । 
सप्तरीको देउरी गाविसमा बुधबार प्रहरी र तस्करबिच दोहरो भिडन्त हुदाँ तीन जना प्रहरी घाईते भएका छन् । 
सप्तरीको देउरी गाविस ७ बस्ने सुर्य नारायण मुखीयाको घरमा अवैध कपडाहरु रहेको सूचना पाएपछि प्रहरी टोलीले घर खानतलासी गर्दा तस्करी र तस्करीका सहयोगीहरुले प्रहरी टोली माथि ढुङ्गामुढा गर्दा उक्त भिडलाई प्रहरीले साम्य पार्न खोजेपछि सो भिडन्त भएको प्रहरीले जनाएको छ । 
भिडलाई नियन्त्रणमा लिनका लागी प्रहरीले ३ राउण्ड हवाईफायर गरी तितरबितर पारेको थियो । सो घटनामा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटेको प्रहरीटोली मध्ये प्रहरी निरीक्षक छेदीलाल कामती, प्रहरी सहायक निरीक्षक मनोज यादव र प्रहरी जवान लुलिन्द्र तिम्सीना घाईते भएको प्रहरीले जनाएको छ । घाईते प्रहरीहरुको स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अवैध रुपमा भन्सार छली ल्याई राखेको करिब ७ लाख मुल्य बराबरको कपडाहरु बरामद गरेको उक्त सामग्रीहरु नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट