News Category 2071/07/17

सवारी चालक तथा सहचालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ कात्तिक । 
बढदो सवारी दुर्घटना न्युनिकरणका लागि सप्तरीका चालक र सहचालकहरुलाई निःशुल्क स्वास्थ्य शिबिर आईतबार राजविराजमा संचालन गरिएको छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथको आयोजना तथा युनिक कलेज अफ मेडिकल साईन्स एण्ड हस्पिटलको प्रायोजनमा आयोजित सो स्वास्थ्य शिबिरमा जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरु सँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा जोड दिइएको छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरीक्षक बिदुर थापाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मजदुर संघका अध्यक्ष धिरु बर्मा, युनिक हस्पिटलका प्रशासन प्रमुख बब्लु ठाकुर लगायतका बक्ताहरुले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सोही अवसरमा युनिक हस्पिटलका चिकित्सकले विभिन्न सवारीसाधनका चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट