News Category 2071/07/25

राजविराजमा सरसफाई तथा बृक्षारोपन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज २४ कात्तिक । 
सुन्दर, सफा र स्वच्छ हराभरा नगरपालिकाको परिकल्पनाका साथै सोमबार राजविराज नगरपालिकामा सरसफाई तथा बृक्षारोपन गरिएको छ । 
सोही अवसरमा वातावरण विभागका उपमहानिर्देशक पुरुषोत्तम प्रसाद तिवारी, नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेल, सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादव, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगरपालिका कर्मचारी, स्थानियबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि अध्यक्ष, संचारकर्मीलगायतले राजविराज नगरको सरसफाई गर्नुका साथै विभिन्न स्थानमा बृक्षा रोपन गरेका छन् । 
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले नगरलाई सफा तथा हराभरा गर्ने उद्देश्यले नगरमा सरसफाई, कोष तथा लेखा नियन्त्रण कार्यालय अगडी बृक्षारोपन गरिएको बताउनुभयो । 
सरसफाई कार्यक्रम अन्तरगत राजविराजस्थित गजेन्द्र चौकदेखी करिब एक किलोमिटर अस्पताल मोडसम्म गरिएको छ ।
सोही अवसरमा राजविराज नगरपालिकाले प्रकाशन गरेको ‘टोल विकास संस्थाको नीति २०७१’ नामक पुस्तकको विमोचन वातावरण विभागका उपमहानिर्देशक तिवारीले गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट