News Category 2071/08/01

सिरहाका चालक सप्तरीबाट अपहरित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० कात्तिक । 
सिरहाको लहान नगरपालिका वडा नं ३ स्थायी घर भएका टाटा सुमो जिप चालक सप्तरीबाट शनिबार साँझ अपहरणमा परेका छन् । 
भाडाका यात्रुलाई विराटनगर पु¥याएर फर्किने क्रममा झमेली महतोका छोरा ३२ वर्षीय गुरुदयाल सप्तरीको पूर्वपश्चिम सडकअन्तर्गत सप्तरीको कडरबोनानजिकको अमहा पुलबाट अपहरणमा परेको प्रहरीले जनाएको छ । 
आफ्नै स्वामित्वमा रहेको को १च ६६४१ नंको टाटा सुमो जिपमा शनिबार अपराह्न ४ बजे महतो लहानको अस्पतालचोकबाट तीन यात्रुलाई लिएर विराटनगर गएको गुरुदयालका दाजु रामदयालले बताउनुभयो । 
यता उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले  जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट