News Category 2071/08/04

मोर्चाले बुझायो ९ थान हतियार

दैनिक समाचारदाता



दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
सरकारसँग वार्तारत अखिल तराई मुक्ति मोर्चा अजित सिंहले बुधबार सप्तरीमा ९ थान हतियार बुझाएको छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आयोजित एक कार्यक्रममा मोर्चाका केन्द्रिय अध्यक्ष अजित सिंहले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव समक्ष सो हतियार बुझाएका हुन् । 
बुझाइएको हतियारमा दुई नाले १२ भोर बन्दुक एक थान, राइफल दुई थान र नलकटुवा ६ थान रहेको छ । आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानसिंह बोहरा, सिमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, अनुसन्धान अधिृकत विष्णुमणि अधिकारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 
सप्तरीको लालापट्टी गाविस २ निवासी अजित सिंह भनिने अजय यादवसँग सँगै मोर्चाका केन्द्रिय सदस्य सोही गाविस ४ निवासी छेदी राम समेतको सहभागिता रहेको थियो । 
२०६९ साल माघ ७ गते राजविराजमा सरकारको तर्फबाट तत्कालिन शान्ति मन्त्रि सत्या पहाडीसँग पहिलो वार्ता गरेको मोर्चाले २०७१ साल भदौं २२ गते जनकपुरमा सरकारले बनाएको आनन्द ढुङ्गानाको संयोजकत्वको टोलीसँग दोश्रो वार्ता गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट