News Category 2071/08/07

बस संचालन समितिको कार्य समिति चयन

दैनिक समाचारदाता

राजविराज÷संयुक्त रात्रि तथा दिवा बस सञ्चालन ब्यबस्थापन समिति सप्तरीको शनिबार सम्पन्न चोथौ साधारण सभाबाट सर्वसम्मतले नयाँ कार्य समिति चयन भएको छ । 
सप्तरीको धरमपुरको सुन्दरी खोलामा सम्पन्न साधारण सभाले बसन्त कुमार साहको अध्यक्षतामा सो कार्य समिति गठन भएको हो । 
गठित समितिको उपाध्यक्ष, सचिव, महासचिव र कोषाध्यक्षमा क्रमश दक्ष प्रसाद बासकोटा, विनय राज प्याकुरेल, इन्द्रसागर गुप्ता र श्याम साह रहेका छन । 
त्यस्तै सदस्यहरुमा मनोज साह, विनय झा, संजय गुप्ता, पुर्ण कुमार आले र अशोक साह रहेका छन भने सल्लाहकारहरुमा दिनेश कुमार गुप्ता र संजिव नायक रहेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट