News Category 2071/08/13

अनुदानको गहु“को बिऊ खुल्लेआम भारतीय बजारमा बिक्रि हु“दै डिलरबाटै बिऊ रातारात तस्करी, कार्बाही गर्ने निकाय मौन

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, १२ मंसिर । 
नेपाल सरकार कृषि विकास मन्त्रालयबाट अनुदान प्राप्त उन्नत जातको सुधारिएको गहुँको बिउ छिमेकी भारतीय बजारमा खुल्लेआम बिक्रि वितरण भईरहेको खुलासा भएको छ ।
सरकारले सप्तरीको किसानहरुका लागि पठाइएको उन्नत जातको गहुँको बिउ यहाँका किसानहरुले सजिलै पाउन सकेका छैन, तर सरकारी उदासिनताका कारण छिमेकी भारतीय जिल्लाहरुमा खुल्लेआम गहँु बिउको बिक्रि वितरण भईरहेको खुलासा भएको छ । 
यहाँका किसानहरुलाई ३५ प्रतिशत अनुदानमा नेपाल सरकारले उन्नत जातको गहुँको बिउ उपलब्ध गराउदै आएको छ । तर सो गहुँको बिउ सरकारी उदासिनताका कारण छिमेकी भारतीय जिल्लाको नियौर, अन्रामण्ठ र लौकही लगायतका स्थानहरुमा खुल्लेआम बिक्रि वितरण भइरहेको छ ।
यहाँका किसानहरुका लागि नेपाल सरकाले पठाएको उन्नत जातको गहुँको बिउ खुल्लेआम छिमेकी भारतीय जिल्ला तस्करी भई पुग्ने गरेको श्रोतको दाबी छ । 
जिल्लाका २७ वटा तथा पश्चिमी भेगका थप ८ वटा गरी ३५ वटा डिलर मार्फत जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा यहाँका किसानहरुका लागि उन्नत जातको गहुँको बिउ उपलब्ध गराउने प्रावधान रहेपनि यहाँका किसानहरुले सो गहुँको बिउ सहुलियत दरमा पाउन सकिरहेका छैनन् । तर, छिमेकी मुलुक भारतीय जिल्लाहरुमा खुल्लेआम उक्त बिउँ बिक्रि वितरण भइरहेको पाइएको छ ।
सो उन्नत जातको गहुँको बिउ यहाँका किसानहरुका लागि प्रति किलो ४३ रुपैयाँका दरले १ हजार ७ सय २० रुपैयाँ एक बोरा गहुँको बिउँ छिमेकी भारतीय जिल्लामा प्रति बोरा १ हजार ७ सय ५० भारतीय रुपैयाँमा खुल्लेआम बिक्रि बितरण भईरहेको श्रोतको दाबी छ । 
सरकारले यहाँका किसानहरुका लागि सहुलियत दरमा उन्नत जातको गहुँको बिउ उपलब्ध गराउनका लागि पठाइएको सो बिउँ यहाँका किसानहरुले नपाई कमिसनको चलखेलमा छिमेकी भारतीय जिल्लाहरुमा खुल्लेआम तस्करी भई जाने गरेको श्रोतबाट बुझिएको छ । 
श्रोतका अनुसार उक्त उन्नत जातको गहुँको बिउ सप्तरीको छिन्नमस्ता सखडा, बनैनिया, पातो सहितका स्थान भएर स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा डिलरबाटै राता रात तस्करी भई भारत जाने गरेको छ । नेपालका किसानहरुले सहुलियत दरमा पाउँने उन्नत जातको गहुँको बिउ यहाँका किसानहरुका लागि नपुगे भएपनि सरकारी उदासिनताका कारण छिमेकी भारतीय जिल्ला कमिसनकै चलखेलमा तस्करी भई भारतीय मोटरसाईकलमा भारततर्फ निकासी भईरहेको पाईएको छ ।
उक्त उन्नत जातको गहुँको बिउ नेपालबाट छिमेकी भारतीय जिल्लामा तस्करी गरे वापत नेपाली प्रहरीलाई मासिक रुपमा नजराना दिईने गरेको एक भारतीय ब्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो । 
यसैबचि सप्तरीका किसानहरुलाई सहुलियत दरमा उन्नत जातको गहुँको बिउ उपलब्ध नभएकोमा चिन्त्ता ब्यक्त गर्दैै सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले यहाँँका किसानहरुका लागि नेपाल सरकारले अनुदानमा प्रदान गर्दै आएको उन्न्त जातको बिउ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने बताउँदै त्यसको आवश्यक छानबिन गरी यहाँका किसानहरुलाई सहुलियत दरमा बिउ उपलब्ध गराउनुपर्ने बताउँनुभयो । 
यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जिल्लाका किसानहरु अहिले बिऊ नपाएर भौतिरहेको अवस्थामा भारतमा त्यो पनि भारतीय मुल्यमा खुल्लेआम बिक्रि भइरहेकोमा आक्रोस व्यक्त गर्दै यस्ता कार्यहरु रोक्न अविलम्ब सम्बन्धित निकायसँग माग गर्नुभयो । 
यता सप्तरीमा कुल ५ सय मेट्रिक टन गहँुको आवश्यकता रहेपनि हाल सम्म करिब २ सय मेट्रिक टन उन्नत जातको गहुँको बिउ राष्ट्रिय बउि बिजन कम्पनी ईटहरी सुनसरीले पठाईएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो । 
उहाँका अनुसार आफुले डिलर मार्फत यहाँका किसानहरुका लागि सो उन्नत जातको गहुँको बिउ उपलब्ध गराउने जिम्मा दिइएकाले कसरी र कुन तरीकाबाट छिमेकी भारतमा जाने गरेको आफुहरुलाई जानकारी नभएको बताउँदै त्यसको बारेमा कार्यालयले पनि अनुसन्धान गरिरहेको बताउँनुभयो । 
यस्तै जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमार दास यादवले यस्ता कार्य भइरहेको छ भने आफू त्यस्ता कार्यलाई रोक्न हरसम्भव प्रयास गर्ने र दोषीमाथी कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट