News Category 2071/09/27

जनमुखीको साधारण सभा सम्पन्न, नयाँ ढंगले कार्यालय संचालन हुने

दैनिक समाचारदाता

राजविराज÷जनमुखी बहुउद्देश्यीय सहकारी संस्था राजविराजको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 
स्थानिय जिविस सभाहलमा सम्पन्न सो सभामा संस्थाका अध्यक्ष सचिन्द्र दासले वर्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको निरन्तर सेवा बिस्तार गर्न सदस्यको आर्थिक र सामाजिक गतिविधीमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभएको छ ।
संस्थाले हाल ऋण लगानी अन्तरगत कृषि क्षेत्रमा लगानी, साना उद्योगमा लगानी, रेमिट्यान्स लगायतका कार्यहरु संचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । २०५७ सालमा सानो आकार र कम पुँजीमा स्थापना भएको संस्थाले अबको केही दिन भित्रै कम्प्युटरराइज प्रणालीबाट व्यवस्थित सेवा दिन नयाँ ढंगले कार्यालय संचालन हुने जानकारी दिनुभयो । 
सो सभामा वक्ताहरुले जिल्लामा रहेको करिब ६ सयको हारहारीमा रहेको सहकारी संस्थाहरु मध्ये करिब दुई दर्जन सहकारीहरु मात्र नियमित रहेको भन्दै त्यस्ता सहकारीहरु नियमति रुपमा संचालन हुनुपर्नेमा जोड दिएका छन् । 
आयोजित सभामा वक्ताहरुले संस्था विगत १३ वर्षको अवधीमा हासिल गरेको प्रगति सन्तोषजनक रहेको बताउँदै यसलाई अझ सुधार गर्न सल्लाह समेत दिएका छन् । 
सो सभामा संस्थाका संचालक समिति पूर्व सदस्य कामेश्वर यादव, पूर्व उपाध्यक्ष पाण्डव प्रसाद देव, वर्तमान उपाध्यक्ष सुनिक बैद्य, लेखा समिति संयोजक उमाशंकर देव, सदस्य मिना दास, शेयर सहभागि सदस्यबाट निता देव, पत्रकार नवीनकुमार गुप्ता लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संचालन शेयर सदस्य शत्रुघनलाल दासले गर्नुभएको थियो ।    
आयोजित सभामा संस्थाका पुरुष भन्दा बढी महिला शेयर सदस्यहरुको संख्या बढी रहेको थियो । संस्थामा २ सय ६८ जना शेयर सदस्यहरु रहेका छन् । 
यसअघि संस्थाका अध्यक्ष दासले पेस गर्नुभएको प्रतिवेदनमा आ.ब.२०७० साउन देखी २०७१ असारसम्ममा आय व्यय १७ करोड ३६ लाख ४० हजार २ सय ८३ रुँपैयाको कारोबार गरेको जनाइएको छ । त्यस्तै २०७०÷७१ मा संस्थाको शेयर पुँजी ३८ लाख ३५ हजार ५ सय रहेको तथा कुल आम्दानी ८१ लाख ४१ हजार ७ सय ६ रहेको छ भने कुल खर्च ७९ लाख १९ हजार ३ सय १० भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट