News Category 2070/03/29

कल्र्भटमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

दैनिक समाचारदाता

दैनिक संवादादता
राजविराज, २८ असार ।
बिष्फोट गराउने उद्देश्यले सप्तरीको कञ्चनपुर–फत्तेपुर सडक खण्ड अन्तर्गत फत्तेपुर गाविस–२ स्थित टेंगरी खोलास्थित कल्र्भटमा राखिएको बम शुक्रबार नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
राजविराजस्थित कृष्ण दल गणबाट गएको नेपाली सेनाको प्राबिधिक टोलीले बम निष्क्रिय पारेको हो ।
कल्र्भटमा बाल्टिन भित्र बेरिएर राखिएको बम देखेपछि स्थानियबासीहरुले प्रहरीलाई खबर गरेका थिए ।
स्थानियको सूचना पश्चात इलाका प्हरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी फत्तेपुरबाट आएको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई सो मार्गमा यातायात आवागमनमा रोक लगाएको थियो ।
बम राखिएको स्थलबाट आमुल परिर्वतन परिषद् नामक संगठनको पर्चा फेला परेको कृष्ण दल गण राजविराजका गणपति राजेन्द्र मणी गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट