News Category 2071/10/05

युवा विद्यार्थीको अगुवाइमा सिटी जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ माघ ।
संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले आइतबार आन्दोलनका कार्यक्रमहरु राजविराजमा अनुसार सिटी जुुलुस प्रदर्शन गरेको छ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीका युवा विद्यार्थीको अगुवाइमा निस्केको सिटी जुलुसले नगरको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा कोणसभा गरेको छ । 
सो सभास बोल्दै वक्ताहरुले नयाँ बन्ने संविधान सहमतिको आधारमा हुनुपर्ने माग गर्दै प्रक्रियाको आधारमा आए त्यस संविधानलाई नमान्ने उद्घोष गरे ।
सो सभामा विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव, युवा नेता तारकेश्वर यादव, तेजनारायण यादव, विद्यार्थी फोरमका विशाल यादव, श्याम कुमार यादव, युवा फोरमका सुभाष मण्डललगायतकाले बोन्लु भएको थियो । 
सो समितिमा एमाओवादी, मधेशी दलहरु, बैद्य नेतृत्वको नेकपा माओवादीसहितको मोर्चा, जेपी गुप्ताको संयोजनमा रहेको तमरा अभियान, मातृका यादव नेतृत्वको मोर्चा, पद्यमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजातीससहितको मोर्चा लगायतका दलहरु रहेका छन् ।
संयुक्त आन्दोलन परिचालन समितिले माघ ५ गते मसाल जुलुस र माघ ६ गते सशक्त रुपमा आमहडताल गर्ने कार्यक्रमहरु रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट